यो वर्ष एसईई परीक्षा नगर्ने तयारी, मन्त्रिपरिषद्ले छलफल चल्दै

यो वर्ष एसईई परीक्षा नगर्ने तयारी, मन्त्रिपरिषद्ले छलफल चल्दै

काठमाण्डौं २८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेका छन् । कोरोना भाइरसको त्रासका कारण विद्यालय खुल्ने अनिश्चित भएको भन्दै उनले विद्यालयको मूल्याङ्कनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेका छन् ।

आज बस्ने मन्त्रिपरिषद् बैठकमा यस विषयमा छलफल  भइरहेको बताइएको छ । बैठकमा मन्त्री गिरिराजमणि पोखरेलले उक्त प्रस्ताव पेस गरेका छन् । ‘विभिन्न विकल्पका विषयमा छलफल भएको हो । यो विषय पनि परेको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘क्याबिनेटले पारित गरेपछि यो वर्ष एसईई हुँदैन । विद्यालयको मूल्याङ्कनलाई आधार मानिन्छ ।’



ट्रेन्डिङ