सचिवालय भाँडिएपछि प्रचण्ड निवासमा गोप्य भेला

सचिवालय भाँडिएपछि प्रचण्ड निवासमा गोप्य भेला

काठमाण्डौं २७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालवीच फोन सम्वादमै घम्साघम्सी भएपछि रोकिएको सचिवालय बैठकपछि नेकपामा गुटगत भेला शुरु भएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले एमसीसी पारित गर्ने भएमात्र सचिवालय बैठक बसौ भन्दै अर्का अध्यक्षलाई फोन गरेपछि प्रचण्डले बैठक बस्नुको औचित्य नभएको बताएपछि आजका लागि तय भएको बैठक स्थगित भएको हो ।

सचिवालय बैठक स्थगित भएपछि बैठकको कार्यसूचिनै नभएको प्रतिकृया दिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेता यतिवेला प्रचण्ड निवास खुमलटारमा एमसीसीवारे नयाँ रणनीति बनाउन छलफलमा जुटेका छन् ।सचिवालय बैठक स्थगित भएपछि प्रचण्ड निवासमा उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता श्रेष्ठ र वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले छलफल गरेको खुमलटार श्रोतको दाबी छ । आज बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सचिवालय बैठकका एजेण्डामा फोनवार्ता भएको थियो । वालुवाटार श्रोतका अनुसार ओलीले सचिवालयमा एसमसीसी पारित गर्ने बिषयमा पार्टीको निर्णय आउनुपर्ने अडान राखेका थिए ।

तर ओलीको अडानमा प्रचण्डले विमति जनाएपछि बैठकनै नसक्ने तय गरी अध्यक्षद्धयको फोन सम्वाद टुंगिएको प्रधानमन्त्री सचिवालयका एक सल्लाहकारले जानकारी दिए । प्रधानमन्त्री ओलीले प्रचण्डलाई एमसीसी तपाईहरुले ल्याएको हो, यसको व्यवस्थापन पनि तपाईहरुले नै गर्नुपर्छ भनेपछि प्रचण्डले नेपाल, खनाल,गौतम र श्रेष्ठलाई बोलाएर छलफल गरेका छन् । पछिल्लो समय ओली जसरी पनि एमसीसी पास गर्नु पर्छ भन्दै आएका थिए । अन्य सचिवालय सदस्य भने जस्ताको त्यस्तै होइन परिमार्जन सहित पास गर्नु पर्छ भन्दै आएका छन् ।

ओलीको भनाइ उदृत गदै एक नेताले भने ‘नेपालमा आएको योजना हो । यसले नेपाललाई फाइदा नै गर्छ । भए राम्रो नभए केहि छैन । यो पास नै हुनुपर्छ भन्ने कुरामा जोड छैन । एमसीसीको पैसाले मात्र सरकार चल्ने होइन ।’ नेकपाले माघमा बसेको केन्द्रीय कमिटीको बैठकबाट एमसीसी अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले लामो प्रतिवेदन पार्टीलाई बुझाएको छ । तर उक्त प्रतिवेदनबारेपनि नेकपामा अहिलेसम्म छलफल भएको छैन ।

अझ तीन सदस्य कार्यदलमा पनि दुई जना एका तर्फ र एक जना अर्को तर्फ भएका छन् । जसमा संयोजक झलनाथ खनाल र अर्का सदस्य भिम रावल एकातर्फ छन् । अर्का सदस्य प्रदीप ज्ञवालीले भने प्रतिवेदनमा फरक मत राखेका छन् । तर नेकपामा अहिलेसम्म दुबै पक्षको प्रतिवेदनमाथि छलफल भएको छैन । आज बस्ने सचिवालय बैठकले यो बारेमा निर्णय गर्ने अनुमान गरेको थियो । तर बैठक नै स्थगित भएको छ ।



ट्रेन्डिङ