चोरीको विगविगी हुन थालेपछि रातभरी गस्ती

चोरीको विगविगी हुन थालेपछि  रातभरी गस्ती

पिविएम न्यूज
भरतपुर २७ जेठ । गाउँघरमा चोरीहुने क्रम बढ्दै गएपछि पश्चिम चितवनमा रात्रीकालिन गस्ती अभियान सुरु भएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २५ मा रात्रीकालिन गस्ती अभियानलाई तीब्र बनाएका छन् । चोरको विगविगी हुन थालेपछि स्थानीय युवाहरु गस्ती गर्न कस्किएका हुन ।

महानगरको २५ नम्बर वडा अन्तर्गत नमुना चोकका स्थानीय युवाहरु राती ९ बजेदेखि विहान ४ बजे सम्म समुह बनाई गस्ती गर्दै आएका छन् । समुह विभाजन गरेर गाउँभरी गस्ती गर्न थालिएको गस्ती अभियानका संयोजक मनोज चौधरीले जानकारी दिए । प्रत्येक समुहमा पाँचदेखि ७ जना सम्म युवाहरुको ग्रुप बनाएर रातभरी चोर आउला कि भन्दै गाउँकुर्ने गरेका छन् ।

नमुना चोक बस्ने डोलराज न्यौपानेको घरवाट गएराती घरायसी प्रयोजनका लागि पालन गरिएको दशवटा कुखुरा चोरी भएपछि स्थानीयहरु गस्तीमा जुटेका हुन । त्यसअघि पनि खसी बाख्रा लगायतका पशुपंक्षीहरु चोरी भएको छ । यस्तै रातको समयमा किसानले लगाएको तरकारी खेतीमा अज्ञात व्यक्तिले क्षतिपुर्याएपछि गस्तीगर्ने योजना बनेको हो ।



ट्रेन्डिङ