कोरोना सम्बन्धि कुनै औषधी पत्ता लागेको छैन भ्रमको पछि नलाग्नुस – स्वास्थ्य मन्त्रालय

कोरोना सम्बन्धि कुनै औषधी पत्ता लागेको छैन भ्रमको पछि नलाग्नुस – स्वास्थ्य मन्त्रालय

चितवन २७ जेठ । कोरोनाको कुनै पनि औषधी वा खोप पत्ता नलागेको नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोरोनालाई ठिक पार्ने औषधीहरु पत्ता लागेको खबरहरु भाइरल बन्दै गएपछि मन्त्रालयले त्यसको खण्डन गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हल्लाको पछि नलाग्न समेत आग्रह गरे । हाम्रो एउटा अनुरोध छ कोरोना सम्बन्धित, कुनै खोप वा खाने औषधी पत्ता लागेको छैन । कुनैपनि हल्लाको पछि नलाग्न र भ्रमको पछि नलाग्ने आग्रह गर्दछु उनले भने ।



ट्रेन्डिङ