जथाभावी घरवाहिर निस्कन भरतपुरमा रोक

जथाभावी घरवाहिर निस्कन भरतपुरमा रोक

भरतपुर २७ जेठ । कोरोना संक्रमणले स्थानीय एकजनाको ज्यान गएपछि भरतपुर महानगरपालिका वडा नम्बर ११ ले जेठ मसान्तसम्म घर बाहिर निस्कन वडावासिलाई रोक लगाएको छ । वडाअध्यक्ष बाबुराम अधिकारीले आज एक सुचना जारी गरि वडामै संक्रमण देखिएकाले जथाभावी घरवाहिर निस्कन, खेल खेल्न , हिडडुल गर्न रोक लगाईएको जनाउनुभएको छ ।

यस अबधिमा दैनिक उपभोग्य सामाग्री खरिदबिक्री गर्दा सामाजिक दुरिमा अनिवार्य रहन सुचनामा भनिएको छ । वडा नं ११ का ६८ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण आज बिहान ज्यान गएको थियो ।



ट्रेन्डिङ