कोरोना संक्रमणवाट मृत्युभएका पुरुषको अन्त्येष्टि

कोरोना संक्रमणवाट मृत्युभएका पुरुषको अन्त्येष्टि

भरतपुर, २७ जेठ । भरतपुरमा कोरोना संक्रमणबाट मृत्युभएको पुरुषको सोमवार बागेश्वरी सामुदायिक वनमा अन्त्यष्टी गरिएको छ । बागेश्वरी सामुदायिक वन भित्र उनको धार्मिक परम्पराअनुसार अन्त्यष्टी गरिएको हो । उनको शवलाई खाडल बनाएर अन्यष्टी गरिएको हो ।

नेपाली सेनाको कालिबहादुर गणमा कार्यरत सैनिकहरुको टोलीले भरतपुर अस्पतालको आइसीयूमा रहेको शवलाई उक्त स्थानमा लगेर अन्त्यष्टी गरिएको हो । नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई साँझ भरतपुर अस्पताल पुर्याइएको थियो । उनको आज विहान मृत्यु भएको हो ।



ट्रेन्डिङ