भरतपुर वडा नं. २४ को क्वारेन्टिनबाट तीनजना घर फर्कीए

भरतपुर वडा नं. २४ को क्वारेन्टिनबाट तीनजना घर फर्कीए

मनोज चौधरी
चितवन २७ जेठ । भरतपुर महानगरपालिकाको वडा नं. २४ को क्वारेन्टिनमा रहेका मध्ये तीनजना घर फर्कीएका छन् । उनीहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर फर्कीएका हुन । कोरोना संक्रमणको जोखिम बढेसँगै केन्द्रदेखि स्थानीय तहको प्रत्येक वडा–वडामा क्वारेन्टिन बनाउने निर्देशन बमोजिम भरतपुरको वडा नं. २४ ले पनि आफ्ना वडाका नागरिकहरुका लागि क्वारेन्टिन बनाएर शंकास्पद व्यक्तिहरुलाई राख्दै आएको छ ।

वडा नं. २४ को ध्रुव बजार स्थित राप्रावि धु्रब स्कुललाई क्वारेन्टिन रुपमा प्रयोग गरिएको छ । अहिले यो क्वारेन्टिनमा एकै परिवारका ५ सदस्य सहित ८ बसेका थिए । उनीहरु जेठ १३ गतेदेखि क्वारेन्टिनमा बसेका हुन । भारतको गुडगाउँ, हरियाणा, दिल्लीबाट जेठ २५ गते सुनौली नाका हुँदै नेपाल भित्रिएका थिए ।

यस्तै २ जना आमाछोरा महाराजगञ्ज, नौतुनाबाट र अर्का एकजना पुरुष राजस्थान, भारतबाट जेठ १३ गते सुनौली नाका हुँदै नेपाल भित्रिएका थिए । ८ जना मध्ये ३ जनालेको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरु घर फर्कीएका छन् । बाँकी ५ जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको क्वारेन्टिन संयोजक रामबहादुर गोदारले पिविएम न्यूजलाई जानकारी दिएका छन् ।



ट्रेन्डिङ