दश अर्ब कहाँ खर्च भयो ? प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ ? गगन थापा

दश अर्ब कहाँ खर्च भयो ? प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ ? गगन थापा

काठमाण्डौं २७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताएको छ। कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको सांसद गगन थापाले बताए।

मंगलबारको संसद बैठकमा सांसद थापाले दश अर्ब कहाँ खर्च भयोरु प्रधानमन्त्रीबाट जवाफ चाहिने बताए। ‘दश अरब कहाँ खर्च भयोरु एकेक हिसाब चाहिन्छ,’ उनले भने, ‘सरकारलाई अब सुतेर बस्न दिँदैनौं।’ सरकारले हालै कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च भइसकेको बताएको थियो। कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्ने प्रश्न सांसद थापाले उठाएका छन्।

‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छरु’ उनले प्रश्न गरे। माघ २१ गतेदेखि कोरोनाबारे सरकारलाई सदनमार्फत् ध्यानाकर्षण गराए पनि तयारी नगर्दा संक्रमित र मृतक संख्या बढिरहेको उनले बताए ।

‘धेरैले सरकारलाई सुझाव दिए। न हाम्रो, अदालतको, प्रेसको वा नागरिकको कसैको सुझाव सरकारले सुनेन,’ उनले भने, ‘नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्थारु दोष कसकोरु पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्योरु सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको। सरकारको अकर्मन्यताले रोकेको। असक्षमताले रोकेको हो।’ यो सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने उनले बताए। ‘अब सहयोग गर्छौं भनेर बस्दैनौं, उत्तर चाहिन्छ। दश अरब कहाँ खर्च भयोरु हामीलाई एकएक हिसाव चाहिन्छ,’ उनले थपे।



ट्रेन्डिङ