रुपन्देही हत्याकाण्ड – एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन

रुपन्देही हत्याकाण्ड – एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन

रुपन्देही २७ जेठ । कोदालो प्रहार गरेर गएराति रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचजनाको हत्या प्रकरणको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार बैदबारको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय टोलीमा एक एसपी र एक डीएसपी सदस्य छन् । टोली घटनास्थलमा गइसकेको र अनुसन्धान अगाडि बढाएको प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले बताए ।

पशु फार्ममा कार्यरत पाँचजनाको हत्या उनीहरूकै साथीले गरेको हुन सक्ने आशंकामा सुर्खेत घर भएका झपेन्द्रसिंह सिँजालीलाई पक्राउ गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सिँजालीकै संलग्नताको सम्भावना छ । झपेन्द्रलाई स्थानीयले घेराउ गरेकाले उनी बेहोस भएका थिए । उनको अस्पतालमा उपचार भइरहेको र उपचारपछि थप अनुसन्धानअगाडि बढाइने डीआईजी धानुकले बताए ।

हत्या गरिएकाहरूमा आशिष चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहर छन् । हत्या गरिएका पाँचजना पनि झपेन्द्रसँगै सोही पशु फार्ममा काम गर्दैै आएका थिए ।



ट्रेन्डिङ