विवादित एमसिसिको विषयमा छलफल गर्न (नेकपा)को सचिवालय बैठक बस्दै

विवादित एमसिसिको विषयमा छलफल गर्न (नेकपा)को सचिवालय बैठक बस्दै

काठमाडौं २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे बस्ने सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल हुनेछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशुले समसामयिक विषयबस्तुमा छलफल गर्नका लागि दिउँसो ४ बजे पार्टीको सचिवालय बैठक बस्ने जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अहिलेकै अवस्थामा एमसिसी पारित गर्नुपर्ने पक्षमा छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसिसीका कतिपय बुँदा परिमार्जन गरेर पारित गर्नुपर्ने पक्षमा छन् ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बहुमत सदस्यले अहिलेकै अवस्थामा एमसिसी परियोजना पारित गर्न नहुँने बताइरहँदा ओलीसहितका अल्पमत पक्षधरले भने अहिलेकै अवस्थामा एमसिसी पारित गर्नुपर्ने अडान राखिरहेका स्रोतको भनाइ छ ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले एमसिसी परिमार्जन नभइकन कुनै पनि हालतमा पारित हुन नसक्ने बताएका छन् । पार्टीको निर्णयविरुद्ध कसैले पनि निर्णय गर्न नसक्ने भन्दै उनले आजको बैठकमा पनि आफूहरुले एमसिसी पारित गरेर जाने हो भने परिमार्जनमा जोड दिने बताए ।



ट्रेन्डिङ