कोरोना पृष्टि भएलगतै विरामीलाई भेन्टिलेटरवाट किन निकाल्यो नारायणी सामुदायिकले

कोरोना पृष्टि भएलगतै विरामीलाई भेन्टिलेटरवाट किन निकाल्यो नारायणी सामुदायिकले

भरतपुर २७ जेठ । भेन्टिलेटरमा उपचारत विरामीमा संक्रमण पुष्टिभएसँगै नारायणी सामुदायिक हस्पिटलले विरामीलाई अस्पतालबाट निकाल्दा चितवनमा एकजनाको मृत्युभएको छ ।  नारायणी सामुदायिक हस्पिटलले अस्पतालमा उपचारत्त विरामीमा कोरोना संक्रमण पृष्टि भएको खबर पाए लगतै भेन्टिलेटरवाट विरामीलाई निकालेर सरकारी अस्पताल पठाएको थियो । सरकारी अस्पतालमा उनको मृत्युभयो ।

हस्पिटलमा गम्भीर अवस्थामा उपचारत्त ६८ वर्षका वृद्धलाई हिजो ( सोमवार ) कोरोना संक्रमण भएको पृष्टि भएसँगै हस्पिटलले विना परामर्श भरतपुर अस्पताल पठाएको थियो । मृतक पुरुषमा पहिलोदेखि नै सुगर र प्रेसर सँगै निमोनियाको समस्या थियो । संक्रमण पृष्टिहुनु अघि देखि नै नारायणी सामुदायिक हस्पिटलमा उनको उपचार भइरहेको थियो ।  नारायणी सामुदायिक हस्पिटलको भेन्टिलेटरमा रहेका विरामीलाई सामान्य अक्सीजनको भरमा भरतपुर अस्पताल पठाएका हुन । भरतपुर अस्पतालले नारायणी सामुदायिक अस्पिटलमै राखेर उपचार गर्न भनिरहेको थियो । तर नारायणी सामुदायिक हस्पिटलले भरतपुर अस्पतालका अधिकारीहरुको कुरा सुनन । ‘एकैचोटी एम्बुलेन्समा हालेर सरकारी अस्पताल पठाएका रहेछन’ मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले भने ।

हस्पिटलको भेन्टिलेटरमा उपचाररत ती बृद्धलाई साँझ साढे ६ बजे नै भरतपुर अस्पतालको आइसीयूमा सारियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. तिवारीले कोरोना संक्रमित बिरामीको उपचार गर्नु निजी अस्पतालहरुको पनि दायित्व भएको बताए । सरकारी अस्पतालको मात्रै दायित्व ठानेर जिम्मेवारीबाट भाग्न नमिल्ने बताए ।  ‘अवस्था गम्भीर भएकाले सोही ठाउँमा राखेर उपचार गर्न भनेका थियौं तर अस्पतालले सुनेन’डा. तिवारीले भने – अहिले दुखद घटना भयो ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले समेत गम्भिर अवस्थाका ती बिरामीलाई अन्यत्र नसार्न आग्रह गरेका थिए । तर उनको आग्रह पनि खेर गयो । ‘मैले पनि ती बिरामीलाई सोही अस्पतालमै राखेर सुरक्षा साबधानी अपनाएर उपचार गर्न भनेको थिए, तर उहाँहरुले सुटुक्कै बिरामी सार्नु भएछ’–प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
जबरजस्ती सरकारी अस्पताल सार्दा आज (मंगलबार) विहान ७ बजेर ६ मिनेटमा उनको मृत्यु भयो । शव व्यवस्थापनका लागि नेपाली सेनासंग सहकार्य भइरहेको भरतपुर अस्पतालका मेसु डा.तिवारीले जानकारी दिए । आज साँझ सम्ममा शव व्यवस्थापन गर्ने तयारी छ ।



ट्रेन्डिङ