रुपन्देहीमा सामूहिक हत्या भएकाको सनाखत, हत्याको आशंकामा एकजना पक्राउ

रुपन्देहीमा सामूहिक हत्या भएकाको सनाखत, हत्याको आशंकामा एकजना पक्राउ

रुपन्देही २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।

उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती हुन । गएराति धारिलो हतियार प्रहार गरी उनीहरुको हत्या भएको थियो । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा सोमबार राति एक व्यक्तिले सामूहिक हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी हेमकुमार थापाले बताए ।



ट्रेन्डिङ