भरतपुर अस्पतालको आईसीयूमा रहेका एकजना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालको आईसीयूमा रहेका एकजना कोरोना संक्रमितको मृत्यु

चितवन २७ जेठ । चितवनको भरतपुर अस्पतालको आइसीयूमा उपचारत्त एकजना कोरोना संक्रमितको मुत्युभएको छ । आज विहान ७ बजेर ६ मिनेटमा मृत्युभएको अस्पतालले जनाएको छ । उनको शव अस्पतालको आईसीयूमै राखिएको छ ।
शवको व्यवस्थापन कसरी गर्ने विषयमा छलफल भइरहेको छ ।  भरतपुरकै नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षका बृद्धलाई सोमवार मात्रै कोरोना संक्रमण पृष्टि भएको थियो । कोरोना संक्रमण संगै मुटु र निमोनियाको समस्या समेत थियो ।

नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताए । मेसु तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताए । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए । यता जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाएका छन् ।



ट्रेन्डिङ