संक्रमित नर्स जेठ ४ गते नै अस्पताल छाडेकी हुन, त्यसयता उपस्थिती छैन – मनकामना अस्पताल

संक्रमित नर्स जेठ ४ गते नै अस्पताल छाडेकी हुन, त्यसयता उपस्थिती छैन – मनकामना अस्पताल

चितवन २६ जेठ । चितवनमा एकजना नर्समा संक्रमण देखिएको विषयमा मनकामना अस्पतालको नाम जोडिएको विषयमा अस्पतालले आफुनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ति नै जारी गरेर कोमिड –१९ पुष्टि भएको मनिएकी नर्स यस अस्पतालमा जेठ ४ गते सम्म कार्यरत्त रहेको जनाएको छ । त्यस यता अस्पतालमा कुनैपनि प्रकारको उपस्थिथी नभएको अस्पतालले स्पष्ट पारेको छ ।

संक्रमित नर्सको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालले उच्च सतर्कता सहित अस्पताको नियमित सुचारु भइरहेको जानकारी दिएको छ ।  चितवनमा पछिललो समय संक्रमणको संख्या बढिरहेको अवस्थालाई मध्येनजर गर्दै अस्पतालमा हाल कार्यृरत्त सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सफाईकर्मि, एवं संचालकहरुको आर.डि.टि.परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ देखिएको अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।



ट्रेन्डिङ