संक्रमितको संख्या बढदै जाँदा के हेरेर बसेकी छिन महानगरकी प्रमुख रेनु दाहाल

संक्रमितको संख्या बढदै जाँदा के हेरेर बसेकी छिन महानगरकी प्रमुख रेनु दाहाल

पिविएम न्यूज
चितवन २४ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सचेताका साथ कोरोना विरुद्ध लडन अपिल गरेकी छिन् । महानगर लगायत चितवनका विभिन्न ठाउँबाट एकैदिन ३० जनामा संक्रमण देखिएपछि महानगर प्रमुख दाहालले उच्च मनोबलका साथ रोगसँग लड्न आग्रह समेत गरेकी छिन् ।
कोरोना संक्रमण बढेको खबर सुने लगतै महानगर प्रमुख दाहाल विरामीहरुको स्वास्थ्य उपचार देखि उनीहरुको व्यवस्थापनमा सक्रियता देखाएकी छिन् । उनले विरामीहरुको स्वास्थ्य उपचारसँगै उचित रेखदेख गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेकीछिन । चितवनमा देखिएका कोरोना संक्रमित ३० जना विरामी मध्ये केहिलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य उपचारका लागि महानगरको तर्फवाट आवश्यक पर्ने सबैखालका सहयोग प्रदान गर्ने प्रविद्धता समेत जनाएकी छिन् । महानगर प्रमुख सँगै बागमती प्रदेश सांसद विजय सुवेदी पनि विरामीहरुको व्यवस्थापनमा जुटेका छन् ।

चितवनका विभिन्न ठाउँको क्वारेन्टाईनमा रहेका विरामीहरुलाई भरतपुर कोरोना विशेष अस्पताल ल्याउने क्रम जारी छ ।  पछिल्लो जानकारी अनुसार माडी नगरपालिकाका ६ जना संक्रमित ल्याइसकिएको छ भने भरतपुर महानगरपालिकाका विभिन्न वडाबाट पनि ल्याउने क्रम जारी छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज एकै दिन ३० जना संक्रमित फेला परेका हुन् । जसमा २४ जना भरतपुर, पाँच जना नवलपुर र एक जना धादिङका छन् ।



ट्रेन्डिङ