जारी लकडाउनलाई भोलीदेखि कडाई गर्ने चितवन प्रशासनको तयारी

जारी लकडाउनलाई भोलीदेखि कडाई गर्ने चितवन प्रशासनको तयारी

चितवन २६ जेठ । चितवनमा एकैदिन कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि बढ्दै गइरहेको चहल पहल रोक्न चितवन प्रशासनले थप कडाईगर्ने तयारी गरेको छ । जारी लक डाउनका बीच विस्तारै खुल्दैगएको शहरबजार पूर्ण रुपमा बन्द गर्ने चितवन प्रशासनले तयारी गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारीले नारायणप्रसाद भट्टराईले थप संक्रमण बढ्न नदिन भोलीदेखि लक डाउनमा कडाइ गरिने जानकारी दिए । यो अभियान घरभित्रै बसेर प्रशासनलाई सहयोग गर्न समेत प्रमुख जिल्ला अधिकारी भट्टले आग्रह गरेका छन् । संक्रमण रोक्न लक डाउन नै अन्तिम विकल्प भएकाले अवस्था भयावह हुन नदिन प्रशासनले आफ्नो सक्रियता बढाउने उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो केहि दिन चितवनमा लकडाउन उल्लंघन गर्दै निर्वाध रुपमा सवारी साधनहरु संचालन हुन थालेका छन् । तर चितवन प्रशासनले चितवन प्रवेश गर्ने नाका नारायणी पुलमा भने कडाई गर्दै आइरहेको थियो । सो नाकामा भोलिबाट थप कडाई गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । चितवनमा सोमवार एकैदिन २ जना चिकित्सक र एकजना नर्स गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले चासो देखाएको हो ।



ट्रेन्डिङ