सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन

सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन

काठमाण्डौं २६ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

कार्यविधिअनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने छ । छानबिनका क्रममा आवश्यक देखे समितले अन्य व्यक्तिको सहयोगसमेत लिन सक्ने छ । यही जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।



ट्रेन्डिङ