रंगशाला निर्माणका लागि महायज्ञमा संकलन भएको रकम फाउण्डेशनलाई हस्तान्तरण

रंगशाला निर्माणका लागि महायज्ञमा संकलन भएको रकम फाउण्डेशनलाई हस्तान्तरण

भरतपुर २६ जेठ । अन्तराष्ट्रिय क्रिकेट रंशाला निर्माणका लागि संचालन गरिएको धनधान्याचल महोत्सवमा संकलन भएको रकम हस्तान्तरण गरिएको छ । रामपुर स्थित रंगशालाको परिसरमै एक कार्यक्रमकाबीच महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक विजय सुवेदीले धर्मुस सुन्ती फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरिएको हो ।

महायज्ञमा बोलेका ६९ करोड ४० लाख ५६ हजार ९ सय १९ रुपैंया ६८ पैसा रकम मध्य संकलन भएको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । अन्य रकम भने उठन बाँकी छ । बागमती प्रदेश सांसद समेत रहेका महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक विजय सुवेदीले रकम संकलन भएलगतै अन्य रकम पनि यसैगरी हस्तान्तरण गरिने बताए ।

प्रदेश र स्थानिय तहले घोषणा गरेको ५१ करोड ९२ लाख ६५ हजार २ सय ६३ रुपैंया रकम अझै उठ्न बाँकी छ । रकम हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण भुर्तेल, गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशी लगाएतका सहभागीता थियो ।



ट्रेन्डिङ