चितवनमा थप ७ जनामा कोरोना संक्रमण,एकैदिन संक्रमण देखिनेको संख्या ३० पुग्यो

चितवनमा थप ७ जनामा कोरोना संक्रमण,एकैदिन संक्रमण देखिनेको संख्या ३० पुग्यो

भरतपुर २६ जेठ । चितवनमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । यस अघि दुई चिकित्सक सहित २३ जनामा संक्रमण देखिएको थियो । भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा भरतपुरका थप ७ जनामा संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर–२८ का ३५, ३५ र १७ वर्षीय पुरुष, भरतपुर २७ का १९ वर्षीया युवती, भरतपुर–२० का २३ वर्षीय पुरुष, भरतपुर–१९ का १९ वर्षीय पुरुष र भरतपुर–११ का २३ वर्षीय पुरुष रहेको स्रोतले जानकारी दिएको छ । ती सबै संक्रमित भरतपुरका क्वारेन्टिनमा रहेका छन् ।



ट्रेन्डिङ