चौरजहारी हत्याकाण्डको विरोधमा नारायणगढमा प्रदर्शन , पीडितलाई न्याय दिन माग

चौरजहारी हत्याकाण्डको विरोधमा नारायणगढमा प्रदर्शन , पीडितलाई न्याय दिन माग

नारायणगढ २६ जेठ । रुकुमको चौरजहारीमा दलितयुवाहरुको सामुहिक हत्याकाण्डको विरोधमा दोषिहरुलाई कारवाहिको माग गर्दै आज चितवनको नारायणगढमा प्रदर्शन भएको छ। लायन्सचोकवाट सुरुभएको विरोध जुलुस पुलचोकमा पुगेर सभामा परिणत भएको थियो।

सभालाई संवोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) चितवनका सेक्रेटरी अशोक शर्माले नेपालमा संसदीय व्यवस्थामार्फत सामन्तवाद र दलाल नोकरशाही पूँजीवाद हावी भएको कारण यो व्यवस्थामा उपेक्षित जाती, वर्ग र समुदायले न्याय र स्वतन्त्रता नपाउने बताए । न्याय र स्वतन्त्रताका लागि जनवादी क्रान्तिका सम्पन्न गर्नु अपरिहार्य रहेको बताए । ओली नेतृत्वको सरकारले जनताको आन्दोलनमा कालापानी लिपुलेक लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरे पनि त्यसलाई फिर्ता गर्न पहल गर्नुको साटो राष्ट्रघाती एमसिसि परियोजना चोरदुलोवाट पास गर्न खोजिरहेको वताउदै सेक्रेटरी शर्माले नेपालको राष्ट्रियता जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरु हल गर्न सवै जनसमुदायहरु सडकमा निस्कनुको विकल्प नरहेको बताए ।

नेपाल दलित मुक्तिमोर्चा चितवनका सचिव केदार परियारले संचालन गरेको कार्यक्रममा मोर्चाका केन्द्रीय सह संयोजक बाबुराम प्यासी परियारले चौरजहारी घटना वर्तमान संसदीय व्यवस्थाको भद्दा र नग्न रुप भएको वताउँदै पोष्टमार्टम रिपोर्ट नआउँदै हत्यालाई ढाकछोप गर्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरे । कार्यक्रममा बोल्ने वक्ताहरूले यो घटनामा दोषीलाई कारवाहि गरि पीडितलाई न्याय नदिए कडा आन्दोलनको चेतावनी दिए। चौरजहारी हत्याकाण्डको विरुद्धमा चितवन जिल्लाभरी संघर्षका कार्यक्रम जारी रहेको पनि नेपाल दलित मुक्तिमोर्चाका कार्यकर्ताले जानकारी दिएका छन।



ट्रेन्डिङ