एकैदिनमा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखियो, थप एकजनाको मृत्यु

एकैदिनमा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखियो, थप एकजनाको मृत्यु

चितवन २६ जेठ। आज मात्रै थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

अहिले सम्म नेपालमा ७१ जिल्लामा संक्रमण देखिएको छ । संक्रमण बढेसँगै परीक्षणका लागि प्रयोगशाला थप्ने क्रम जारी छ । अहिले सम्म २१ वटा प्रयोगशालावाट कोरोना संक्रमण भए, नभएको परीक्षण हुँदै आएको छ । यसैबीच कोरोना संक्रमणवाट आजै एकजनाको मृत्युभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्युहुनेमा स्याङजा वालिक वडा नं. १ का पुरुष रहेका छन् ।



ट्रेन्डिङ