चितवनमा भएको परीक्षणमा संक्रमितहुनेको संख्या २३ पुग्यो, एकजनाको अवस्था गम्भीर

चितवनमा भएको परीक्षणमा संक्रमितहुनेको संख्या २३ पुग्यो, एकजनाको अवस्था गम्भीर

चितवन २६ जेठ । चितवनमा भएको परीक्षणमा आज एकैदिन कारोना संक्रमण हुनेको संख्या २३ पुगेको छ । चितवनका १७ जना , नवलपुरको ५ जना र धादिङका १ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ चिकित्सक सहित २३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं. ३ बस्ने ६८ वर्षिय पुरुषको नारायणी सामुदायिक अस्पताल भरतपुरको आइसियुमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।



ट्रेन्डिङ