चितवनमा एकैदिन २ चिकित्सक सहित २० जनामा संक्रमण देखियो

चितवनमा एकैदिन २ चिकित्सक सहित २० जनामा संक्रमण देखियो

चितवन २६ जेठ । चितवनमा एकैदिन २ चिकित्सक सहित २० जनामा कोरोना भाइरस ( कोभिड –१९) संक्रमण देखिएको छ । भरतपुर स्थित कोरानो परीक्षण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा २० जनामा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

ति मध्ये १७ जना चितवनका हुन बाँकी तीनजना नवलपरासीका हुन । चितवनका संक्रमित मध्ये अधिकाङस माडी र भरतपुर महानगरपालिकाका छन् । ती मध्ये दुईजना चिकित्सक छन् । आइतवार करिब ३ सयजनाको स्वाव परीक्षणका लागि पठाइएकोमा अझै केहि स्वाब परीक्षण बाँकी नैछ ।

संक्रमितहरुको संख्या अझै बढ्ने सक्ने बताइएको छ । थप रिपोर्ट आउँने क्रम जारी भएकाले संक्रमितको संख्या बढ्न सक्ने स्रोतको भनाई छ ।



ट्रेन्डिङ