कोरोनाबाट ज्यान गुमाउने १४ पुगे, स्याङ्जाका पुरुषको मृत्यु

कोरोनाबाट ज्यान गुमाउने १४ पुगे, स्याङ्जाका पुरुषको मृत्यु

स्याङ्जा २६ जेठ । कोरोना पोजेटिभ देखिएका स्याङ्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा  मृत्यु भएको छ। पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

वालिङका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।

मृगौला, उच्च रक्तचाप, सुगर लगायतका बिरामी भएको जानकारी पाएपछि तत्कालै पोखरा पठाइएको वालिङ नगरपालिकाले जनाएको छ । भारतको दिल्लीमा बस्दै आएका ती व्यक्ति सुनौलीसम्म विभिन्न सवारी साधानमा आएका र सुनौलीबाट गाडी रिजर्भ गरी आएका वालिङ आएका थिए । सुनौलीबाट श्रीमान् श्रीमतीसंगै आएको वालिङ नगरपालिकाले जनाएको छ ।



ट्रेन्डिङ