प्रबिधिको उपयोग गर्दै लायन्स क्लबको परिचयात्मक कार्यक्रम

प्रबिधिको उपयोग गर्दै लायन्स क्लबको परिचयात्मक कार्यक्रम

पूर्णप्रसाद शर्मा-
चितवन २५ जेठ ।  गरेको छ । कार्यक्रममा एरिया नं ३ ले लायन बर्ष २०२०/२१ नव निर्वाचित गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर तथा द्धितिय गर्भनर, तथा सचिब र कोषाध्यक्ष सँग यस क्षेत्रमा कार्यरत क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिब तथा कोषाध्यक्ष सँग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

३ नं एरियाका प्रमुख लायन प्रभाकर पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन बर्ष २०२०/२१ का लागि नब निर्वाचित गर्भनर लायन शम्भु नकर्मीले आगामी बर्षमा डिष्ट्रिकले गर्ने कार्यहरुको जानकारी जानकारी गराउनुभएको थियो । कार्यक्रमा लायन बर्ष २०१९/२० का गर्भनर लायन अनुप कुमार पहारीले नवनिर्वाचित सबैलाई शुभ कामना प्रदान गर्दै प्रतिकुलतालाई अनुकुलतामा बदल्दै सेवा भाबमा लागिरहन लायन्स कर्मीहरुलाई अनुरोध गनुभएको थियो ।

डिष्ट्रिकका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले कार्यक्रममा उपस्थित लायन्सकर्मीहरुलाई कोरोना को यो बिषम अवस्थामा के कसरी काम गर्न सकिन्छ भन्ने बारेमा प्रष्ट पार्नुभएको थियो । कोभिड १९ को यो बिषम परिस्थितीमा पनि लायन्स कर्मीहरुले स्वास्थका क्षेत्रमा बिबिध कार्यक्रहरु गरिरहेका छन् । जुम प्रबिधि बाट गरिएको शुभ कामना आदान प्रदान कार्यक्रममा डिष्ट्रिकका द्धितिय भाईस डिष्ट्रिक गर्भनर सि बि चन्द, पुर्ब डिष्ट्रिक गर्भनर प्रभात कुमार जोशी, चितवन क्षेत्रका अग्रज लायन्सकर्मीहरु नारायण शर्मा, सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने लगायतले शुभ कामना ब्यक्त गर्दै नयाँ अध्यक्षहरुलाई लायन्सको मर्म ”हामी सेवा गर्छौं“ भन्ने भावका साथ अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।

चितवन नवलपुर क्षेत्रमा हाल करिब १०० लायन्स क्लबहरु क्रियाशिल छन् । यो क्षेत्रमा पहिलो क्लब लायन्स क्लब अफ नारायणगढको सन् १९८२ मा स्थापना भएको थियो । कोभिड १९ को यो बिषम परिस्थितीमा पनि लायन्स कर्मीहरुले स्वास्थका क्षेत्रमा बिबिध कार्यक्रहरु गरिरहेका छन् ।



ट्रेन्डिङ