सौराहामा घण्टाघरको निर्माण कार्य सकियो , सोमवार नगरपालिकालाई हस्तान्तरण गरिँदै

सौराहामा घण्टाघरको निर्माण कार्य सकियो , सोमवार नगरपालिकालाई हस्तान्तरण गरिँदै

दीपेश चौधरी-
सौराहा २५ जेठ । सौराहा घुम्न आउनेहरुले अब देखि घण्टा घर देख्न पाउनुहुनेछ । यहाँका हात्ती, गैडा लगायत जिव जनावरहरुको मुर्ती देख्न पाए जस्तै पर्यटकहरुका लागि घण्टाघर निर्माण गरिएको छ ।  चित्रसारी पुल पार गरेपछि सिसुवार गाउँ आउँछ, यो थारु गाउँ हो । सिसुवार गाउँको चोकमै घण्टाघर निर्माण गरिएको छ । ३० लाख रुपैयाँको लागतमा रोटरी क्लब अफ रत्ननगर निर्माण गरेको हो । ४० फिट अग्लो घण्टाघर घरमा घडि राखिएको छ । रत्ननगर नगरपालिकाको वडा नं. ७ मा बनेको यो घण्टाघरलाई भोली ( सोमवार ) भर्चुअल माध्यमवाट नगरपालिकालाई हस्तान्तरण गर्न लागिएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । नगरपालिकाको वडा नं. ७ ले घण्टाघरको हेरविचार गर्नेछ ।
माघ मसान्त भित्र निर्माण कार्य सम्पन्न गरेर नगरपालिकालाई बुझाउने लक्ष्य थियो । तर आवश्यक निर्माण सामग्रीको अभाव र जारी लक डाउनले गर्दा निर्धारित समयमा हस्तान्तरण गर्न नसकेका क्लबका अध्यक्ष पोखरेलले बताए ।
क्लबका अध्यक्ष पोख्रेलका अनुसार रोटरी क्लबले बर्षभरी गरिएको सम्पूर्ण कामहरुको विवरण समयमा नै पेश गर्नु पर्ने भएका कारण अहिले भर्चुल माध्यमद्धारा हस्तान्तरण गर्न लागिएको हो ।
घण्टाघर संगै सानो पार्क, ढोका र रेलिङ बनाउने काम जारी छ । सम्पूर्ण कार्य सम्पन्न भइसकेपछि बृहत रुपमा कार्यक्रम गरी घण्टाघरलाई विधिवत रुपमा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने क्लबको तयारी छ ।



ट्रेन्डिङ