जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं २५ जेठ । समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टीमा तीनजना अध्यक्ष बन्ने भएका छन् । पाँच सदस्यीय पदाधिकारीमा सहमति जुटेसँगै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने प्रक्रिया सुरु भएको छ । अहिले आफूहरु निर्वाचन आयोगमा दल दर्ताका लागि आइपुगेको नेता नवराज सुवेदीले जानकारी दिए । उनका अनुसार महन्थ ठाकुर, उपेन्द्र यादव र डा बाबुराम भट्टराई अध्यक्ष रहनेछन् भने राजेन्द्र महतो र अशोक राई पदाधिकारी रहने छन् ।

ठाकुर र यादव पार्टीको केन्द्रीय समितिको अध्यक्ष हुनेछन् भने भट्टराई संघीय परिषद्को अध्यक्षरहनेगरी सहमति भएको सुवेदीको भनाइ छ । पाँच सदस्यीय पदाधिकारीमा राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेता रहने सहमति भएको छ । वैशाख १० गते एकीकरणको सहमति भएसँगै पार्टी एकताले कानुनी हैसियत प्राप्त गरेको थिएन । अब सबै कागजात राखेर दल दर्ताका लागि आयोगमा निवेदन दिइने सुवेदीले जानकारी दिए ।



ट्रेन्डिङ