२४ घण्टामा थप ३ सय २३ जनामा कोरोनाको संक्रमण देखियो

२४ घण्टामा थप ३ सय २३ जनामा कोरोनाको संक्रमण देखियो

चितवन २४ जेठ । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । मुलुकको विभिन्न स्थानमा थप उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ सय ८६ जना पुरुष र ३७ महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यो सँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । संक्रमणको कारण मृत्युहुनेको संख्या १३ पुगेको छ ।



ट्रेन्डिङ