भरतपुर अस्पतालको आइसीयूमा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर अस्पतालको आइसीयूमा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन २४ जेठ । भरतपुर अस्पतालको आईसीयूमा शनिबार बिहान मृत्यु भएका माडी–६ कल्याणपुरका २७ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उनको सिजर र निमोनियाका कारण मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । अस्पतालले केही बेरमा औपचारिक रुपमा विज्ञप्ति पनि प्रकाशन गर्दैछ ।

ती युवक भारतबाट एक साता अघि मात्रै माडी आएका थिए । उनलाई माडी ५ को दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको क्वारेन्टाइनमा राखिएको थियो ।मृतक पुरुष सवारी दुर्घटनामा परेर उपचारका लागि भारत गएका थिए । उनलाई अस्तिदेखि ज्वरो आइरहेको थियो । उनको ढाड भाँचिएर प्यारालाइसिस भएको थियो । लगातार १०१ डिग्री भन्दा धेरै ज्वरो आएपछि माडीबाट भरतपुर अस्पताल ल्याइएको उपचारमा संलग्न डा। प्रमोद पौडेलले जानकारी दिए ।



ट्रेन्डिङ