जेठ २५ देखि निश्चित जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

जेठ २५ देखि निश्चित जिल्लामा छोटो दुरीका सवारी चलाउने प्रस्ताव

काठमाण्डौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस ( कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।

 



ट्रेन्डिङ