माडी बाँदरमुढे घटना भएको आज १५ वर्ष पुरा, न क्षतिपूर्ती न दोषिलाई कार्वाही

माडी बाँदरमुढे घटना भएको आज १५ वर्ष पुरा, न क्षतिपूर्ती न दोषिलाई कार्वाही

चितवन २३ जेठ । चितवनको माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ । वि.स. २०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना १ ख ३२४५ नम्बरको सार्वजनिक बस विस्फोटमा पर्दा घटना स्थलमै ३८ जनाको ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए । घटनामा परी घाइते भएका ४ जनाको पनि मृत्यु भइसकेको छ ।

घटना पश्चात पीडितको राहतका लागि विभिन्न समयमा बोलिएका, कार्यक्रम गरिएका प्रयास असफल हुँदा घटनाका पीडितहरु थप पीडित बन्दै गएका छन् । घटना घटेको एक बर्षपछि बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर पीडितहरु न्याय माग्दै आएका छन् । घटनामा परि आफन्त गुमाएका र अपाङ्ग भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् । तत्कालीन माओवादीले सकरकारको नेतृत्व गरिसकेको र पटकपटक सरकारमा पुग्दा समेत पीडितको पक्षमा न्याय हुन सक्ने गरी काम गर्न नसके पीडितहरु बताउँछन् । आश्वासन आउने गरेको तर काम नभएको उनीहरुको गुनासो छ ।

तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल अहिले सो क्षेत्रको सांसद समेत रहेका छन् । संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै लागु हुन सकेको छैन । मृतकका आश्रृत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृती र बालबालिकालाई पढाइ दिने समहमती भएको थियो ।

घाइतेको अवस्था हेरी औषधी उपचारको व्यवस्था गर्ने, काम गर्न सक्नेलाई रोजगार र नसक्नेलाई जीवनवृती दिने सहमती थियो । यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमुना संग्राहलय बनाउने अर्को सहमती पनि भएको थियो । अहिले यी सहमती कुनै पनि पुरा भएका छैनन् ।

घटना भएको १५ वर्ष पुग्दा पनि पिडितले न्याय पाउन नसकेको बताउँदै उनले पीडितको माग अहिलेसम्म सुनुवाई हुन नसकेको बताए । उनले राज्यका तर्फबाट पिडित परिवारले केहि पाउन नसकेको गुनासो गरे । घटनामा घाईते भएका १५ जनाले अहिले पनि औषधी खाइरहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेले बताए ।



ट्रेन्डिङ