सीमा क्षेत्रमा सशस्त्रले तोड्यो भारतीय एसएसबीको बर्षौदेखिको दादागिरी

सीमा क्षेत्रमा सशस्त्रले तोड्यो भारतीय एसएसबीको बर्षौदेखिको दादागिरी

बेलौरी २२ जेठ ।  भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले महाकाली नगरपालिका ८ सुन्दरनगरका स्थानीयलाई आफ्नै खेतबारीमा खनजोत गर्न दिँदैन्थें । सधै अवरोध गर्दै आएका थिए । अब भने उनीहरुलाई ढुक्क छ । नेपाली सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले खेतवारीमा अन्न बाली लगाउन भने, समस्या आए आफुहरुले साथ दिने बताए ।

सोही अनुसार भयो । खनजोत गर्नेक्रममा भारतीय सुरक्षावलका जवान आए स्थानीयलाई तर्साउन खोजे, धम्की दिए । सोही बेला नेपाली सीमा खटिएका शसत्र प्रहरी पुगें । उनीहरुलाई नेपाली सरक्षाबलका जवानहरुले कडा जवाफ दिएपछि भारतीय सुरक्षाबलका जवानहरु फर्कीए । अहिले स्थानीय ढुक्क छन् । खुशी छन । भारतीय सुरक्षाबलका जवानहरुको दादागिरी सकियो भन्दै खुशी मनाउन थालेका छन् ।

कहिले खेत जोत्न नदिने, कहिले अन्नबाली नष्ट गरिदिने, कहिले खेति गरिरहेकै अवस्थामा एसएसबीका जवान आएर अवरोध गर्दै आएका थिए । चार बर्ष अघि पनि हिउँदे बाली लगाउनका लागि खेत पसेका लक्ष्मणलाई एसएसबीले जोत्न दिएको थिएन्, गत बर्ष मसुरो लगाएको खेतमा भारतीय नागरिकले ट्याक्टर लगाएर नष्ट गरिदियो । यो बेलौरीको खबर हो ।



ट्रेन्डिङ