चितवन उद्योग संघ परिसरमा बिक्री केन्द्रको शिलान्यास

चितवन उद्योग संघ परिसरमा बिक्री केन्द्रको शिलान्यास

भरतपुर २२ जेठ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश नं.३ का लघु, घरेलु तथा साना उद्योगको उपजको बिक्रीका लागि भरतपुर १० प्रदर्शनीमार्ग, चितवन स्थित चितवन उद्योग संघको परिसर भित्र निर्माण गरिने बिक्री केन्द्रको बिहीबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष एवं पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल र घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्सालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको उक्त कार्यक्रममा श्रीराम बैद्धिक गुरुकुलम, रत्ननगर, जंगमगलाका पण्डित मेघनाथ अधिकारीले धार्मिक परम्परा अनुसार पाठपुजा गर्नुभएको थियो । बिक्री केन्द्र निर्माण सम्पन्न पश्चात बजारमा पहुँच नपुगेका लघु, घरेलु तथा साना उद्योगको उपजको बजारीकरणमा सहज हुन गई उद्यमीहरुलाई समेत प्रोत्साहन मिल्ने चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा गभर्निङ काउन्सिलका उपाध्यक्ष सोमराज मरहठ्ठा, घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्साल, पूर्व प्रमुख रमेश कर्माचार्य, चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, बिष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, गोपाल प्रसाद गैरे, डा. प्रमोद लामिछाने, दिनुपकुमार बराल, पुरुषोत्तम रिजाल, अमर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

ॐ सत्य साई कन्स्ट्रक्सन प्रा.लि.भरतपुरले निर्माण जिम्मा पाएको उक्त परियोजनालाई कन्सल्टिङ कम्पनी मौलाकालिका सिभिल वक्र्सले डिजाइन गरेको थियो ।



ट्रेन्डिङ