नेपालमा थप एकजनाको मृत्यु, संक्रमणका कारण मृत्युहुनेको संख्या १० पुग्यो

नेपालमा थप एकजनाको मृत्यु, संक्रमणका कारण मृत्युहुनेको संख्या १० पुग्यो

काठमाडौं २२ जेठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । दुई दिनअघि पाल्पामा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, उपचारका क्रममा दुई दिनअघि पाल्पाको मिसन अस्पतालमा मृत्यु भएका पुरुषको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी पूर्वखोला गाउँपालिकाका हुन । उनी पाँच दिनअघि भारतबाट आएका थिए । उनी क्वारेन्टीनमा रहँदा स्वास प्रश्वासको समस्या भएपछि उपचारका लागि मिसन अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप तीन सय ३४ जनामा कोरोना भाइरस ( कोभिड१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालभरि कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र एक सय १३ जना संक्रमित थपिएका छन् ।उनीहरूमध्ये एक सय आठ जना नारायण नगरपालिका र सात जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका सात जना छन् भने चन्द्रपुर माधवनारायण, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकरएक जना छन् । उनीहरू सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरू हुन् । यसैगरी बाँकेका ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ।



ट्रेन्डिङ