तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन – को को पर्ने भए कार्वाहीमा ?

तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन – को को पर्ने भए कार्वाहीमा ?

काठमाण्डौं २२ जेठ । किसानको उत्पादनबाट कोरोना फैलिन्छ भनेर अनधिकृत रूपमा तरकरी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो ।

केही समय पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा वडाअध्यक्षहरूकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो । संसदीय समितिले उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

कोभिड( १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिइ अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू, समितले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न र आवश्यक खाद्यान्न संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिने कार्य अगाडि बढाउन निर्देशन दिएको छ । कोरोना सर्ने भन्दै पोखरा र अर्घाखाँचीमा स्थानीय तरकारी खाल्डोमा हालेर नष्ट गरिएको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी सँगै केहि संचारकर्मीले तरकारी नष्टगर्न उचालेका थिए । चितवनबाट आएको तरकारीले कोरोना सार्ने भन्दै हेक्साभेटर नै प्रयोग गरेर खाल्डो खनेर तरकारी नष्टगरेका थिए ।



ट्रेन्डिङ