ताकेता गरेको समयमा कर बुझाउन सकिदैन – मकवानपुर चेम्बर अफ कमर्स

ताकेता गरेको समयमा कर बुझाउन सकिदैन – मकवानपुर चेम्बर अफ कमर्स

चितवन २१ जेठ । सरकारले ताकेता गरेको समयमा कर बुझाउन नसकिने मकवानपुर चेम्बर अफ कमर्सले जनाएको छ । आज एक प्रेस विज्ञप्ति नै जारी गरेर जारी लकडानको अवधिमा कर बुझाउन नसक्ने जनाएको हो ।
मकवानपुर चेम्बर अफ कमर्सले सम्पूर्ण खालको व्यवसायीक वातावरण सुचारु भएको १ महिनाभित्र कर विवरण बुझाउने र ३ महिनाभित्र कर रकम बुझाउने व्यवस्थाका मिलाउन माग गरेको छ ।

जेठ २५ गते सम्ममा कर तिर्नुपर्ने सूचना खारेजगरी व्यवसायीको माग बमोजिम नयाँ सूचना जारी गरी अन्यौल हटाउन कमर्सका अध्यक्ष विजयकुमार श्रेष्ठद्धाराजारी विज्ञप्तिमा भनिएको छ । महामारी रोग कोभिड १९ को प्रकोपका कारण विगत ७१ दिनदेखि मुलुक लकडाउनमा रहेकाले समग्र आर्थिक एवम व्यवसायीक कारोवार ठप्प रहेको अवस्थामा नगद तरलताको अभावले कर्मचारी मजदुर पारिश्रमिक, बैंक ब्याज, किस्ता रकम, अन्य विविध खर्चहरु समेत धान्न नसकिरहेको यस्तो कठिन अवस्थामा सरकारले गरेको ताकेता न्यायसंगत नभएको विज्ञप्तिमा उल्लेखछ ।



ट्रेन्डिङ