सम्पूर्ण व्यवसाय संचालनमा आएको तीन महिनापछि मात्रै कर भुक्तानी –चितवन उद्योग संघ

सम्पूर्ण व्यवसाय संचालनमा आएको तीन महिनापछि मात्रै कर भुक्तानी –चितवन उद्योग संघ

चितवन २१ जेठ । जेठ २५ गतेभित्र कर बुझाउन अर्थमन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागले जारी गरेको तोकता व्यवहारिक नभएको भन्दै चौतर्फी विरोध भइरहेको छ । जारी लक डाउनको अवधिमा व्यवसायीहरुलाई हतोसाहित गर्ने खालले ताकेता गर्नु व्यवहारिक नभएको भन्दै चौतर्फी सरकारको आलोचना बढेको हो ।

ताकेताका लागि सूचना सार्वजनिक भएसँगै काठमाण्डौं देखि देशका विभिन्न ठाउँमा व्यवसायी  व्यापार व्यवसाय खोल्नपाउनुपर्ने माग गर्दै विरोधमा समेत उत्रिन थालेका छन् । चितवनमा पनि व्यवसायीहरुले कर बुझाउन गरिएको ताकेता प्रति ध्यानकर्षण भएको जनाएका छन् । उद्योगी व्यवसायीहरुको संस्था चितवन उद्योग संघले विज्ञप्ति नै जारी गरेर सरकारको निर्णयलाई सच्याउन भनेको छ ।

सरकारले २०७६ फागुन महिनादेखिको कर विवरण र विवरण बमोजिम कर दाखिला, अग्रिम आयकर, अन्तशुल्क जेठ २५ गतेभित्रमा अनिवार्य रुपमा बुझाउनुपर्ने भनी गरिएको ताकेताले निजी क्षेत्रहरुलाई हतोत्साहित पार्ने खालको भएको भन्दै गम्भिर ध्यानाकषर्ण भएको संघले जनाएको छ ।  राज्यको निर्देशन बमोजिम कर तिर्न उद्योगी, व्यवसायीहरु सक्षम नहुने भन्दै संघले आर्थिक वर्ष २०७६/०७७ संग सम्बन्धित सम्पूर्ण करहरु लकडाउन खुलेर सम्पूर्ण उद्योग, व्यवसाय पूर्ण रुपमा संचालनमा आएको तीन महिनापछि मात्र भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउन माग गरेको छ ।

यस विषम परिस्थितिमा उदोगी व्यवसायीको मनोबल उच्च बनाउन नसक्दा उद्योग, व्यवसाय बन्द हुने र राज्यले निकट भविष्यमा ठूलो आर्थिक संकट व्यहोर्नुपर्ने संकेत देखिएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।



ट्रेन्डिङ