थारु गीत संगीतमा जमेकी गायिका / मोडेल अन्जु कुसमी (हेरौं ११ फोटो )

थारु गीत संगीतमा जमेकी गायिका / मोडेल अन्जु कुसमी (हेरौं ११ फोटो )

पछिल्लो समय गीत संगीतको पाटोमा थारु समुदायले निकै पड्को मार्न सफल भएको छ । राम्रा राम्रा गीतसँगीत दर्शक स्रोताले हेर्न र सुन्न पाएका छन् । पूर्व देखि पश्चिम सम्मका थारु कलाकारहरु निकै सक्रिय बनेर जुटेका छन् । फरक फरक शैलीका गीतसँगीत एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । गीतसंगीतको दुनियामा एकसा एक प्रतिभा भएका व्यक्तिहरु पनि यो क्षेत्रमा उदाइरहेका छन् ।

यिनै प्रतिभावानहरु मध्ये अन्जु कुसमी एक हुन । गायन र नृत्यमा राम्रो दख्ल राख्ने अन्जुको चर्चा अहिले थारु समुदायमा मात्रै नभई अन्य समुदायमा समेत सुन्न पाइन्छ । थारुका सान र गौरवलाई प्रष्ट झल्काउन साथै संगीतका दुनियाँमा आफ्नो छुट्टै नाम बनाउन सफल भएकी छिन । २०५२ बैशाख १६ गते धनगढी उपमहानगरपालिका वडा नं. १६ मा जन्मिएकी अन्जु कुसमीे गीतसंगीतको दुनियामा चर्चीत नाम हो । उनले यहाँ सम्म पुग्न कम्ता संघर्ष गर्नुपरेन । सानैदेखि गीत गाउनमा रुचि राख्ने अन्जले गीतसँगीतमा स्थापित हुन अनेकौं संघर्ष गरेकी छिन् । अहिले निकै व्यस्त कलाकारको रुपमा चिनिन्छ । उनलाई गीत गाउन देखि म्यूजिक भिडियोहरुमा थुर्पै अफरहरु आइरहेका छन् ।

नर्स बनाउने बुबाको सपना थियो । तर अन्जुको भने गीतसँगीतमा परिचय बनाउने सानैदेखिको सपना थियो । स्कुले जीवनमै उनले पहिलो पटक २०६३ सालमा विछाडके पीडा एल्बम गीतमा स्वरदिन पाइन । त्यसपछिको उनको यात्रा संघर्षपूर्ण बन्दै गयो । अहिले भने उनको परिचय पहाडको चुचुरो जस्तै बनेको छ । थारु समुदायमा स्थापित गायिका र मोडेलको रुपमा परिचय बनाइन । उनको संघर्षको कथा र भविस्यको यात्राको विषयमा अर्को श्रुखलामा जानकारी दिने छौं । अहिलेलाई भने उनै गायिका एवम मोडल अन्जु कुसमीको ११ वटा फोटोहरु हेरौं ।

 

 



ट्रेन्डिङ