खोलामा डुबेर एक वृद्धको मृत्यु

खोलामा डुबेर एक वृद्धको मृत्यु

रत्ननगर २० जेठ । पूर्वी चितवनको रत्ननगरमा आज मंगलवार दिउँसो खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । रत्ननगर वडा नं ९ भएर बग्ने खगेरी खोलामा डुबेर सोही वडाको लालपर्सा निवासी ६७ वर्षीय गोरे कुमालको मृत्यु भएको वडा सदस्य सरस्वती लामाले जानकारी दिइन् ।
भैँसी चलाउन जाँदा खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । कुमालको सब पोर्टमाटमको लागि भरतपुर अस्पताल पठाइएको टाँडी प्रहरीले जनाएको छ । करिब एक हप्ताअघि सोही वडाका एक बालकको खगेरी खोलामै डुबेर ज्यान गएको थियो ।



ट्रेन्डिङ