कोरोना भाईरसको संकटकोबीच अमेरिकाको ठूला शहरमा कफ्र्यु लगायो, सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

कोरोना भाईरसको संकटकोबीच अमेरिकाको ठूला शहरमा कफ्र्यु लगायो, सेना परिचालन गर्ने ट्रम्पको चेतावनी

एजेन्सी २० जेठ । कोरोना भाईरसको संकटकोबीच अमेरिकाको वाशिङ्टन, लस एन्जल्स, ह्युस्टन लगायतका विभिन्न ठूला शहरमा कफ्र्यु लगाईएको छ । नश्लभेद विरुद्धको आन्दोलनको क्रममा पछिल्ला केही दिन यता अमेरिकामा हिंसा भड्किएपछि अहिले अमेरिकाका विभिन्न शहरहरुमा कफ्र्यु लगाईएको छ । यो घटनाको सुरुवात केही दिन अघी एक भिडियो क्लिप भाईरल भएपछि भएको थियो । उक्र भिडियोमा एक पुलिस अधिकारीले जर्ज फ्ल्योयड नामका एक अश्वेत व्यक्तिको गर्दनमा घुँडाल टेकेको दृश्य थियो । त्यसको केही समयपछि नै ४६ वर्षका जर्जको मृत्यु भयो । मिनेपोलिस शहरमा घटेको यो घटनापछि अमेरिकाका विभिन्न स्थानमा आन्दोलन सुरु भएको छ ।

जर्जको मृत्यु भएपछि अहिले अमेरिकाका विभिन्न स्थानमा हिंसा, आगजनी र लुटपाटका घटनाहरु भईरहेका छन् । विभिन्न शहरमा काला जाती माथि दमन भएको भन्दै आन्दोलन भईरहेका छन् भने आन्दोलनकै बिच विभिन्न मल तथा स्टोरहरुमा लुटपाट भएका घटनाहरु बाहिरिरहेका छन् । सोमबार मात्रै ह्वाइट हाउस बाहिर प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रशार गरेका थिए । प्रदर्शनकारीहरुले आगजनी गर्ने देखि उक्त स्थानका विभिन्न संरचनामा नोकसान पुर्याएका थिए । ह्वाइट हाउस अगाडी हिंसा भएपछि सुरक्षालाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही समयको लागि भूमिगत बंकरमा बसेको कुरा पनि विभिन्न संचार माध्यमले जनाएका छन् ।

नश्लभेद विरुद्ध आन्दोलन चर्किरहँदा अमेरिकी ट्रम्प प्रशासनले भने सडकमा उत्रिएका मानिसहरुलाई घरेलु आतंकवादी भनिरहेको छ । प्रशासनले आन्दोलन गरिरहेका मानिसहरुसँग सामाना गर्ने पनि बताईरहेको छ । अर्कातिर, केही अमेरिकी नेताहरुले भने सडकमा आन्दोलन गरिरहेका मानिसहरुलाई शान्त हुन आग्रह गरेका छन् । अमेरिका अहिले कोरोना महामारीसँग जुधिरहेको बेला अर्को हिंसाले झन असर गर्ने भन्दै उनीहरुले शान्त हुन आग्रह गरिरहेका छन् ।

जर्जको मृत्युमा दोषी मानिएका प्रहरीलाई भने गिरफ्तार गरिसकिएको छ । राष्ट्रपति ट्रम्पले भने आन्दोलन शान्त नभएमा सेना परिचालन गर्ने बताईरहेका छन् । सोमबार उनले विभिन्न शहरमा भईरहेका प्रर्दशनहरु शान्त नभएमा सेना परिचालन गनुपर्ने अवस्था आउने बताएका हुन् । प्रर्दशनका क्रममा विभिन्न स्थानमा गरि ४ हजारभन्दा धेरै मानिसलाई गिरफ्तार गरिसकेको समाचार एजेन्सी असोसिएट प्रेसले बताएको छ ।

 



ट्रेन्डिङ