तरकारी फालेको घटना प्रति रिटर्नी कृषि तथा पशुपालन समुह नवलपुरको आपत्ती

तरकारी फालेको घटना प्रति रिटर्नी कृषि तथा पशुपालन समुह नवलपुरको आपत्ती

नवलपुर १९ जेठ । कृषि क्षेत्रमा कामगर्दै आएको रिटर्नी कृषि तथा पशुपालन समुह नवलपुर शाखाले पोखरा र अर्घाखाँचीमा किसानको उत्पादन डम्पिङ साईटमा फालेको घटना प्रति खेद व्यक्त गरेको छ । समुहले मंगलवार प्रेस विज्ञप्तिनै जारी गरेर आइतबार पोखरा र अर्घाखाँचीमा प्रहरी र स्थानीय जनप्रतिनिधिद्धारा किसानको उत्पादन डम्पिङ साईटमा फालेको घटना प्रति घोर निन्दा सँगै भत्र्सना गर्दछौं भनिएको छ ।

किसानको उत्पादनलाई हचुवाको भरमा डम्पिङ साईटमा फालेर किसानमाथी जघन्य अपराध गरेको समुहका अध्यक्ष नेत्रनारायण थनेतद्धारा जारी विज्ञप्तिमा भनिएको छ । तरकारीमा आत्मनिर्भर बन्ने प्रयास भइरहेका बेला कृषकहरुको मनोबल बढाउनुको साटो कृषकहरुको मनोबल गिराउने काम भएकाले किसानको उपजको जिम्मा सरकारले लिएर किसानलाई तत्काल क्षतिपूर्ति दिन माग समेत गरिएको छ । कोभिड १९ का कारण विश्व महामारीको संकटमा नेपाली किसानहरुले बिउको मुल्य समेत उठाउन नसकेको अवस्थामा तरकारीबाट कोरोना सर्ने भन्दै फालिएको विषयलाई गम्भिरताका साथ लिइएको विज्ञप्तिमा भनिएको छ ।
समूहले देशभरका आम किसान, उपभोक्ता, कृर्षि उद्यमी, संचारकर्मी एवं सम्पूर्ण किसान संघ संस्थाहरु एकजुट भएर घटनाको प्रतिकार गर्न समेत अपिल गरेको छ । रिटर्नी कृषि तथा पशुपालन समुह बिदेशबाट सिप र पुँजी आर्जन गरि फर्किएका नेपालीहरुको साझा समूह हो । यहि समूहको पहलमा नवलपुरको कावसोती नगरपालिकामा नेपालकै ठूलो तथा आधुनिक तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र भण्डार निर्माण कार्य समेत गरिरहेको छ ।

सरकारको ७० प्रतिशत र समूहको ३० प्रतिशतको लगानीमा चिस्यान केन्द्र निर्माण भईरहेको छ । कोभिड १९ का कारण जारी लक डाउनको जोखिमपुर्ण अवस्थामा पनि नवलपुर सहित आसपासका बिभिन्न जिल्लाका कृषकहरुले उत्पादन गरेका हरियो तरकारीहरु खरिद गरेर काठमाडौंमा ढुवानी गरि बिक्री वितरण गरिरहेको छ समूहले स्वयं आफैलेपनि २५ बिगाह जग्गा भाडामा लिएर विभिन्न तरकारी उत्पादन गरिरहेको समूहका अध्यक्ष थनेतले बताए । चिस्यान केन्द्र निर्माण भएपश्चात बेमौसमी तरकारी तथा फलफुल उत्पादन गरि भण्डारण गरि बाह्रैमासे तरकारी र फलफुलको मागलाई नेपाली बजारमा आपुर्ति दिलाउने र देशलाई कृर्षिमा आत्मनिर्भर बनाउने लक्ष्य समूहले लिएको छ ।



ट्रेन्डिङ