दुर्घटना अपडेटः चालकसहित ६ को सनाखत

दुर्घटना अपडेटः  चालकसहित ६ को सनाखत

बाँके १९ जेठ । बाँकेको राप्तीसोनारी २, मा पर्ने ठोरी जङ्गलमा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउने १२ जनामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा साबिकको बराहा गाबिस वडा नम्बर(३ दैलेखका गाडी चालक दानबहादुर खड्का, सुर्खेत लाटिकोइलीका गाडी सहचालक पवन भण्डारी र राजपुर ६ दाङका रामकुमार पुनको सनाखत भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, ठेगाना नखुकेका पूर्णबहादुर पुन, सीता पुन र रितेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए । अन्य ६ जनाको सनाखत भइरहेको उनले जनाए । उक्त दुर्घटनामा घाइते हुनेहरुमा दाङका ६ जना, रोल्पाका ५ जना र सल्यानका १० जना रहेको उनले बताए । भारतबाट आएका ३३ ९चालक र सहचालकसहित० यात्रुहरुलाई लिएर सल्यान तर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स बस राती १२  बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । मृतक सबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइते २१ को पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । मृतक सबैको कोरोना परिक्षण गर्नकालागि स्वाब संकलन गरिसकिएको छ भने, घाइतेको पनि स्वाब संकलन गरिने भेरी अस्पतालले जनाएको छ ।



ट्रेन्डिङ