अनिलशर्मा विरहीलाई थुनामुक्त गर्न चितवन अदालतको आदेश

अनिलशर्मा विरहीलाई थुनामुक्त गर्न चितवन अदालतको आदेश

चितवन १८ जेठ । नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका नेता अनिलशर्मा विरही थुनामुक्त भएका छन् । चितवन जिल्ला अदालतले साधरण तारिखमा आइतवार थुनामुक्त गरेको हो । चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको एकल ईजलाशले शर्मालाई साधरण तारिखमा थुनामुक्त गर्न आदेश दिएका हुन । शर्मा विरुद्ध लगाइएको अभियोग पुष्टी हुन नसक्ने भन्दै चितवन अदालतले उनलाई सफलाई दिएको हो ।

बिरामी भएर उपचारका लागि अस्पतालमा रहेका बेला पक्राउ परेका शर्मालाई प्रहरीले राज्य विरुद्धको अपराध गरेको भन्दै अस्पतालबाटै हिरासतमा लिएर मुद्धा चलाएका थिए । तर चितवन अदालतले शर्माले राज्यविरुद्धको अपराध हुने खालको कार्य गरेको प्रमाण फेला नपरेको भन्दै राजनीतिक आस्थाकै आधारमा दुख नदिन समेत भनेको छ । अदालतले चिकित्सकको रायसल्लाह सुझाव विना अन्यत्र नलैजान र धरपकड समेत नगर्न आदेश दिएको छ। उनलाई चितवन प्रहरीले गत बैशाख २३ गते विरामी अवस्थामा भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले शर्मालाई जनकपुरको एकघटनामा मुछेर जनकपुर लैजाने तयारी गरेको थियो । तर अदालतको आदेशले प्रहरीको सम्भावित गैहन्यायिक कदममा ब्रेक लागेको छ ।

अदालतले भरतपुरकै अस्पातलमा लगेर उनको उपचार गर्न प्रहरीलाई आदेश दिएको छ ।  शर्माको बिरुद्ध जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने शर्माको पक्षमा बरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरु कपिल चन्द्र पोख्रेल, कमल पाठक,गोपीलाल देवकोटा,राजकुमार श्रेष्ठ,रामचन्द्र देवकोटा, गंगा बहादुर कोईराला,नारायण गिरी,लक्ष्मण अधिकारी र सन्तोष कोईरालाले बहस गरेका थिए । शर्मालाई अदालतले श्रावण २१ गतेको तारिख समेत दिएको छ । अदालतको आदेशसँगै हाल उनी भरतपुर अस्पतालमै उपचारमा फर्किएका छन् ।

हेर्नुहाेस आदेश –



ट्रेन्डिङ