जारी लक डाउनमा गाउँकेन्द्रीत डा. भुषालको स्वास्थ्य सेवा

जारी लक डाउनमा गाउँकेन्द्रीत डा. भुषालको स्वास्थ्य सेवा

पिविएम न्यूज-
चितवन १८ जेठ । जारी लड डाउनको बेला नागढुंगामा केहियुवाहरुले स्वास्थ्यकर्मीको गाडी रोकेर खानतलासी गरिरहेका बेला डा.सन्तोष शर्मा भुषाल पदमपुर स्थित प्रकाश क्लिनीकमा विरामी जाँच्दै थिए । उता स्वास्थ्यकर्मीमाथी दुव्र्यवहार हुँदै थियो । यता डा. भुषाल दर्जनौं विरामीको स्वास्थ्य परीक्षण गरिरहेका थिए । जारी लक डाउनकाबीच पनि विरामीहरुको स्वास्थ्य परीक्षणका लागि उनि गाउँ गउँमा थिए ।

जनरल फिजिसियन डा. भुषाल अहिलेपनि निरन्तर गाउँघरमै पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । महामारीकाबीच पनि भरतपुर देखि पूर्वी चितवनको गाउँ गाउँमा पुगेर स्वास्थ्य परीक्षणगर्नु चानचुने कुरा होइन । गाउँगाउँमै पुगेर सेवा दिएकै कारणले होला पूर्वी चितवनमा उनी लोकप्रिय बन्दै गएका छन् । जारी लक डाउनकाबीच पूर्वी चितवनको टाँडी, पर्सा, भण्डारा, सौराहा, जुटपानी हुँदै पदमपुर सम्म पुगेर सेवा दिइरहेका छन् ।

झोलामा मास्क, सेनिटाईजर, पिपिइ एन – ९५ मास्क लगायतका आवश्यक सामग्रीहरु बोकेर गाउँ गाउँ पुग्ने गरेका हुन । जारी लकडाउनका कारण विरामी सहजै अस्पताल सम्म पुग्न सकेका छैनन । अस्पताल पुगेकाहरुले पनि सजिलै उपचार पाउन नसकेका बेला सर्वसाधरणहरुले गाउँघरमै स्वास्थ्य परीक्षण देखि आवश्यक परामर्श लिन पाएका छन् । उनलाई भेट्न गाउँका टोलटोलबाट विभिन्न उमेरका विरामीहरु आउने गरेका छन् । जेष्ठनागरिक देखि बालबालिका सम्मलाई राहत पुगेको छ । कुनै जटिल समस्या देखियो भने समस्यासँग सम्बन्धित चिकित्सकलाई नै सम्पर्क गराई अस्पताल सम्म पुग्ने वातावरण समेत तयार पार्दै आएका छन् । भरतपुरमा जन्मिएका डा. भुषाल गाउँगाउँमा सेवा दिन पाउँदा खुशी लाग्ने गरेको बताउँछन् । यस अघि चितवन मेडिकल कलेज, मोडल अस्पताल भरतपुरमा रहेर विरामीलाई सेवा दिँदै आएका डा. भुषाल अहिले पूर्ण गाउँघर केन्द्रीत सेवामा व्यस्त छन् ।

डा. भुषाल जस्तै धेरै चिकित्सकहरु जारी लक डाउनकाबीच पनि स्वास्थ्य सेवामा सक्रिय भएर जुटेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी सबैले आफु र आफ्नो परिवारलाई जोखिममा राखेर दैनिक विरामीहरुको स्वास्थ्यसेवामा खटिएका छन् । चितवनका सबैजसो चिकित्सकहरु यतिबेला कार्यक्षेत्रमै छन् । उनीहरुको मनोबल बढाउनुको साटो मनोबल गिराउने काम गर्नुहुँदैन ।

अहिलेपनि नेपाल मेडिकल कलेज ( एनएमसी )का स्वास्थ्यकर्मीहरु प्रदर्शन गरिरहेका छन् । इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसन बाहेक सबै सेवा बन्द गरेर कलेजका मेडिकल डाक्टर, इन्टरनल डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । बिरामी जाँँच्ने क्रममा चिकित्सकमाथी हातपात भएको विरोधमा आन्दोलनमा उत्रिनुपरेको हो । यसरी विरामीहरुको स्वास्थ्यसेवामा खटिएका चिकित्सक वा स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने कामलाई निरुत्साहित गर्दै मनोबल बढाउने काममा सबैलाग्न आवश्यक छ ।



ट्रेन्डिङ