अलपत्र प्रवासी नेपालीहरुको सारथी बन्दै प्रवासी नेपाली संघ भारत ( फोटोफिचर सहित )

अलपत्र प्रवासी नेपालीहरुको सारथी बन्दै प्रवासी नेपाली संघ भारत ( फोटोफिचर सहित )

पिविएम न्यूज
चितवन १८ जेठ । भारतमा जारी लकडाउनका कारण समस्यामा परेका २ सय २८ जना नेपालीलाई प्रवासी नेपाली संघ भारत अन्तर्गत तमिलनाडु पदुच्चेरी संयुक्त राज्य समितिले खाद्यन्न सामग्री राहत स्वरुप विरतरण गरेको छ । ४० घरपरिवारका २ सय २८ जना जना प्रवासी श्रमजिवी मजदुरहरुलाई राहत वितरण गरिएको हो । नुन, तेल, चाम, लगायत आवश्यक सामग्री राहत स्वरुप वितरण गरिएको हो । यसैगरी तमिलनाडु पुदुच्चेरीमा रहेका सयौं प्रवासी मजदुरलाई स्थानीय सरकारसाग समन्वय गरी उद्धार समेत गरेको छ ।

उद्धार गरिएका श्रमजीवि मजदुरलाई आवश्यकताका आधारमा राहत समेत वितरण गरिएको प्रवासी नेपाली संघ भारत अन्तर्गत तमिलनाडु पदुचेरी संयुक्त राज्य समितिका सचिव दुर्गादत्त पौडेलले जानकारी दिए । उनका अनुसार सो क्षेत्रका कतिपय नेपालीहरुको सम्बन्धित कम्पनीमै पुगेर नेपालीहरुको अवस्थाबारे जानकारी गराई पाउनुपर्ने सेवा सुविधा समेत दिलाउने काम गरिएको छ । यसैगरी संठनले राज्य समिति मार्फत अन्द्राराज्य तथा आसम राज्यमा लकडाउनको समस्याले भोकमरीमा परेका प्रवासी नेपालीहरुलाई सो क्षेत्रका संगठनका केन्द्रीय नेताहरु सँग सम्पर्क गराउने काम गरेको छ । राज्य समितिले अनलाईन मार्फत बैठक बसेर राज्य राज्य समिति अध्यक्ष कृष्ण पोखरेलको संयोजकत्वमा राहत वितरण गर्ने निर्णय गरेको थियो ।

बैठकमा दुर्गादत्त पौडेल, तेजेन्द्र प्रसाद शर्मा, रामप्रसाद शर्मा, कृष्ण जि.सी सीमा न्यूरे, दीपक पौडेल, हिरामणी शर्मा, रामचन्द्र पौडेल, शिव लामिछाने, शितल परियार, तथा केन्द्रीय सल्लाहाकार सदस्य टिका पौडेल लगायत राज्य सल्लाहकार तथा नगर समितिका पदाधिकारीहरुबीच आर्थिक संकलन गरी राहत वितरण गर्ने निर्णय भएको थियो । यो बीचमा ८० हजार रुपैयाँको खाद्यन्न सामग्री वितरण गरिएको प्रवासी नेपाली संघ भारतले जनाएको छ। यसैबीच दक्षिण भारतमा अलपत्र परेका प्रवासी मजदुरलाई उद्धार गर्नेकाम गरिएको छ ।  यसैबीच सो क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको अवस्थाको बारेमा नयाँ दिल्ली स्थित नेपाली दुतावासको ध्यानाकर्षण गराउने काम गरिएको छ ।

 



ट्रेन्डिङ