थारुकलाकार सभा चितवनले राहत वितरण गर्ने

थारुकलाकार सभा चितवनले राहत वितरण गर्ने

चितवन १८ जेठ । जारी लक डाउनका बीच समस्यामा परेका थारु कलाकारहरुलाई राहत प्रदान गर्ने थारु कलाकार सभा चितवनले निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । चितवन र आसपास जिल्लामा भएका थारु कलाकारहरु समस्यामा परेको भए सम्पर्कमा आउन समेत आग्रह गरेको छ । ‘लक डाउन अझै लम्बिदै गएका कारणले यस्तो निर्णय गरेका हौं –  थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरीले भने ।

यसैबीच स्वास्थ्य उपचार गराईरहेका चलचित्र निर्देशक किशोर चौधरीको स्वास्थ्य परीक्षणका लागि थप रकम आवश्यक परेकाले सहयोगका लागि अपिलगर्ने निर्णय गरेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका चौधरीको स्वास्थ्य उपचारका लागि संकलन भएको रकम अपुग भएकाले थप आर्थिक सहयोगका लागि अपिल गर्ने निर्णय गरेको हो । यस अघि पनि स्वास्थ्य उपचारको क्रममा खरिद गरिएको औषधीको १ लाख रुपैयाँ भन्दाबर्ढी तिर्न बाँकी नै छ ।

अहिले सम्म संकलन भएको रकम स्वास्थ्य उपचारमै खर्च भइसकेको र स्वास्थ्य उपचारको क्रम जारी नै रहेकाले आर्थिक अभाव थपिएको छ । आर्थिक अभावले नियमित स्वास्थ्य परीक्षणमा समस्या हुँदै गएको चलचित्र निर्देशक किशोर चौधरीले बताए । जन्डीस विग्रीएर लामो समय देखि निर्देशक किशोर चौधरी स्वास्थ्य उपचार गराईरहेका छन् ।



ट्रेन्डिङ