संविधान संशोधन विधेयक संसदमा पेस

संविधान संशोधन विधेयक संसदमा पेस

काठमाडौँ १८ जेठ । संविधान संशोधन विधेयक संसदमा पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गरेकी हुन् । प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेस गर्दै मन्त्री शिवमाया तुम्बाहाङ्फे।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेका थिएनन् । संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्साअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदमा बताइन् ।



ट्रेन्डिङ