जेठ ३२ गते सम्म जारी लक डाउन लम्ब्याउने मन्त्री परिषदको निर्णय

जेठ ३२ गते सम्म जारी लक डाउन लम्ब्याउने मन्त्री परिषदको निर्णय

काठमाण्डौं १७ जेठ । जारी लक डाउनलाई सरकारले जेठको अन्तिम समय सम्म बढाउने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्व्याउने निर्णय गरेको हो । जारी लक डाउनको समिक्षा गर्दै जेठ ३२ गते सम्म लक डाउन लम्ब्याउने निर्णय भएको एकमन्त्रीले जानकारी दिए । उनका अनुसार लड डाउनको मोडालिटीको विषयमा भने छलफल हुन बाँकी छ ।

यसैबीच सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको परिचालन गर्ने निर्णय गरेको हो ।  सुरक्षा परिषद्को निर्णयअनुसार अब राष्ट्रपतिमा सिफारिस हुने भएको छ । विदेशमा अलपत्र परेका नेपालीको उद्दार, देशभित्रै क्वारेन्टाइनको पालनालगायतका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।



ट्रेन्डिङ