कोरोनाको संक्रमणवाट थप एकजनाको मृत्यु, मृत्युहुनेको संख्या ७ पुग्यो

कोरोनाको संक्रमणवाट थप एकजनाको मृत्यु, मृत्युहुनेको संख्या ७ पुग्यो

दैलेख १७ जेठ । कोरोनाको संक्रमणवाट थप एकजनाको मृत्युभएको छ । दल्लु नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाईनमा शनिवार मृत्युभएका ३५ वर्षीय पुरुषमा कोरोना पृष्टी भएको हो । यो संगै नेपालमा कोरोनाको संक्रमणवाट मृत्युहुनेको संख्या ७ पुगेको छ । क्वारेन्टाइनमा मृत्युभएका पुरुषको शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

‘रिपोर्ट पोजिटिभ आउनेबित्तिकै हामीले शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका छौं,’ उनले भने, ‘यसको लागि दैलेख जिल्ला प्रशासन कार्यालय र नगरपालिकासँग नियमित सम्पर्क भइरहेको छ ।कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ । दैलेख सदरमुकामबाट नेपाली सेनाको टोली शब व्यवस्थापनको लागि दुल्लुतर्फ हिँडिसकेको जानकारी आफूले पाएको मन्त्री रावलले बताए । ‘सरकार शव व्यवस्थापनको लागि निश्चित विधि र मापदण्ड बनाएको छ,’ उनले भने, ‘सोहीअनुसार भोलि (आइतबार) व्यवस्थापनको काम हुन्छ ।’

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।



ट्रेन्डिङ