खैरहनीमा उत्पादित तरकारी रिटर्नी माइग्रेटले खरिद गर्ने

खैरहनीमा उत्पादित तरकारी रिटर्नी माइग्रेटले खरिद गर्ने

कारी महतो
चितवन १७ जेठ – खैरहनी नपा–१ मा उत्पादित केहि तरकारी रिर्टर्नी कृषि तथा पशुपालन समुह नवलपुर चिस्यान केन्द्रले बजार व्यवस्थापन गर्ने  व्यवस्थापन गर्ने भएको छ । आज ग्रामिण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामा आएर रिटर्नी माइग्रेटका गण्डकी प्रदेशका अध्यक्ष  नेत्र नारायण थनेतले जानकारी गराएका छन् । उत्पादित तरकारी बिक्री नभएपछि कृषकहरुले कम्पोष्ट मल बनाएको समाचार अनलाइनहरुमा पढेर कृषकहरुलाई थोरै भएपनि सहयोग गर्ने मनसायले सहकारी संस्थामा आएको अध्यक्ष थनेतले बताए ।  उनले सहकारी संस्थाको बैठकमा उक्त कुरा बताएका हुन् ।
सहकारी संस्थाको संकलन केन्द्रमा जम्मा हुने केहि ताजा तरकारीहरु नियमित रुपमा खरिद गरी कृषक र उपभोक्ताको बीचमा पुलको काम गर्ने बताएका छन् । लकडाउन अवधिभर रिटर्नी संस्थाले नवलपुरका केहि तरकारीहरु कृषकको बारीमै गएर खरिद गरी काठमाडौंसम्म पु¥याई बजारीकरण गरिरहेको छ । चितवनका कृषकहरुको मनोबल खस्किन नदिनका लागि रिटर्नी संस्था मार्फत् सहकार्य गर्न खोजेको अध्यक्ष थनेतले बताए । “सबै कुरा मिले वर्षभरि नै नियमित रुपमा केहि तरकारी खरिद गरेर लैजाने छौं” उनले भने ।
रिटर्नी माइग्रेट नेपाल वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरु संगठित भई स्थापना गरिएको संस्था हो ।

वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुले चिस्यान केन्द्रमा शेयर लगानी गर्न पाउने व्यवस्था रहेको छ । विदेशबाट फर्केर आई नेपालमा व्यवसाय गर्न चाहनेहरुलाई पूँजीको अभाव भएमा बैंक तथा वित्तिय संस्थासँग सहकार्य गरेर बैंक तथा वित्तिय संस्थासँग सहकार्य गरेर सहुलियत बैंक कर्जा उपलव्ध गराउँदै आएको छ ।  संस्थाले हाल रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेड सञ्चालन गरिरहेको छ । संस्थाले नवलपरासीको कावासोतीमा चिस्यान केन्द्र बनाउन थालेको संस्थाको अध्यक्ष थनेतले बताएका छन् ।



ट्रेन्डिङ